संकट टार्यो संकटाले



हेटौंडा, (नेस)
वीरगञ्ज युनाइटेडलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै संकटा युवा क्लब काठमाडौं मकवानपुरमा जारी तेस्रो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
बिहीबार जनता मावि प्राविधिक शिक्षालयको खेलमैदानमा सम्पन्न खेलमा वीरगञ्जलार्ई पराजित गर्दै संकटाले प्रतियोगिताबाट बाहिरिनुपर्ने संकटबाट मुक्ति पाएर अन्तिम ४ मा स्थान तय गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्