बुद्धिचाल शुरु



काठमाडौं, (नेस)।

श्रमशील विद्यापीठ नेपालद्वारा आयोजित प्रथम श्रमशील कप उपत्यकाव्यापी विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिताको बिहीबार उदघाटन भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले उदघाटन गरेको प्रतियोगितामा ३९ विद्यालयका ७९ जना विद्यार्थीको सहभागिता छन् । थापाले बुद्धिचालले विद्यार्थीको तार्किक तथा बौद्धिक क्षमतामा अभिवृद्धि हुने विचार ब्यक्त गरेका छन् ।

विद्यालयका संस्थापक अध्यक्ष कमल प्रसाद दाहालले चेस खेलबाट किशोर अवस्थाका बालबालिकाको मष्तिष्क सक्रिय रहने बताएका छन् । फागुन १० गतेसम्म चल्ने प्रतियोगिताको पहिलो दिन १९ जना प्रतिस्पर्धीले १ दशमलव ५ अंक जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्