इबीएलाई दोहोरो उपाधि



काठमाडौं, (नेस) ।

आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) ले दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ । धापासीस्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा इबीएले एनईएलाई ३६–२७ ले पराजित ग¥यो । इबीएका सुनिल मल्लले २२ अंक जोडे । सुरुका तीन क्वाटरमा अग्रता लिएको इबीए चौथोमा ४–१३ ले पछि परेको थियो ।

गल्र्सको थ्री बाइ थ्री उपाधि भिडन्तमा इबीए ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ८–६ ले हरायो । विजेताकी इशा मगरले ४ स्कोर गरिन् । फाइनलका सर्वाधिक स्कोर गर्ने दुवै सुनिल र इशा आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा एनईएका नारायण पौडेल तथा गल्र्समा इबीए ‘बी’ की अस्मिता विक प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता भए ।

नारायणले ९८ तथा अस्मिताले ४२ स्कोर गरे । ब्वाइजमा इबीएका नवीन खनाल तथा गल्र्समा इबीए ‘बी’ की दिब्य मगर उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । ब्वाइजमा मातृभुमि तथा गल्र्समा अमृत अनुशासित टिम ठहरिए ।

प्रतिक्रिया दिनुहोस्