पुलिस क्लव विजयी



घनश्याम बगाले,नवलपरासी । 

पूर्वी नवलपरासीमा संचालित राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताको विहिबार सम्पन्न चौथो खेलमा नेपाल पुलिस क्लव विजयी भएको छ ।पुलिसले प्रतिस्पर्धि टिम सेन्टर कलेज विएफसी चितवनलाई तिन एक गोलअन्तरले पछि पार्दै विजयी भएको हो ।  प्रतियोगितामा पुलिसका बुद्धबहादुर तामाङले २ र सुजन एख्खाले १ गोल गरेका थिए ।

यसरीनै बिएफसीका तर्फबाट रमेश बर्तौलाले हेड मार्फत १ गोल गरेर आफ्नो टिमको सान राखेका थिए ।विएफसीसंगको जित संगै पुलिस क्वाटर फाईनल प्रबेश गरेको छ । शुक्रबार पुलिस र अघिल्लो विजेता विजय युथ हेटौडा वीच खेलहुने खेल कमिस्नर सेतबहादुर पुनले बताउनु भयो ।

प्रथम पुरस्कार दश लाख राशीको राईनो कपमा विभागीय टिम सहित देशका जानेमाने १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता राईनो मैदान, मध्यविन्दु २ कोल्हुवामा यही फागुन ५ गते देखि संचालन भएको हो ।

प्रतिक्रिया दिनुहोस्