एनइए र नेपाल मोडेल सेमिफाइनलमा



काठमाडौं, (नेस)
एनइए र नेपाल मोडेल दोस्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
एनइएले मातृभूमिलाई ३२–२७ ले पराजित ग¥यो।
एनइएका नारायण लोहनीले १९ अंक जोडे। नेपाल मोडेलले भ्याली पब्लिकलाई ३५–२९ ले हरायो। नेपाल मोडेलका कृष्ण काफ्लेले १० स्कोर गरे। जुनियर ब्वाइजमै आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) ले पारामाउन्टलाई २९–२० तथा स्किब्सले नव ज्ञानभ्रूमिलाई १६–१० ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।
इबीएका समीर खनालले १४ तथा स्किब्सका क्षितिज आले मगरले १० स्कोर गरे। गल्र्सको थ्री बाइ थ्रीमा इबीएको तीनै टोली ‘ए’, ‘बी’ र ‘सी’ ले सेमिफाइनल यात्रा तय गरे। आयोजकसँगै नाम्सले पनि सेमिफाइनलमा आप्mनो स्थान सुरक्षित ग¥यो।
इबीए ‘ए’ ले मातृभूमिलाई १९–१५, इबीए ‘बी’ ले नेसनल युनाइटेडलाई १४–१२ तथा इबीए ‘सी’ ले बालविकासलाई १०–८, नेसनल युनाइटेडलाई १४–२ र अमृत ‘बी’ लाई १२–९ ले निराश पारे। नाम्सले काठमाडौं ग्लोबललाई १८–१४, मातृभूमिलाई १०–७ र अमृत ‘ए’ लाई १८–१४ ले पाखा लगाए।

प्रतिक्रिया दिनुहोस्