दिदीबहिनी महिला भलिबल आजदेखि



पर्वत, (नेस)
चौथो संस्करणको दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता बुधबारदेखि पर्वतको बेनीमा सुरु हुने भएको छ।
१३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा रेडियो दिदीबिहिनीद्वारा आयोजित प्रतियोगिता पर्वतस्थित जलजला गाउँपालिका–३ मा शुरू हुने भएको हो।
मंगलबार जलजला गाउँपालिकास्थित कालिगण्डकीको तीरमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवकी अध्यक्ष कल्पना चापागाईंले ७७ लाख बजेट रहेको महोत्सवको महिला भलिबलका लागि अनुमानित १५ लाख लाग्ने बताइन्।
५ टिमबीच लिगकम नकाउटका आधारमा खेल सञ्चालन गरिने प्रतियोगितामा समूह ‘ए’ मा साविक विजेता एपीएफ र आर्मी तथा समूह ‘बी’ मा साविक उपविजेता होङग्वान्जी न्युडायमन्ड, पुलिस र आयोजकको टिम रहेका छन्।
प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रोले क्रमशः ५० हजार पुरस्कार पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्