महिन्द्रा एक्सयूभीलाई सेफर च्वाइस अवार्ड 



महिन्द्रा एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ, यो अवार्ड भारतमा बिक्री हुने कारमध्ये उच्चस्तरको सुरक्षा प्रदर्शन गरेका सवारी साधन निर्मातालाई मात्र प्रदान गरिन्छ।महिन्द्रा एक्सयूभी ३०० ले गत जनवरीमा मात्रै फाइभ स्टार सुरक्षा रेटिङ र बालबालिकाको सुरक्षाका लागि फोर स्टार रेटिङ पाउन सफल भएको थियो, जुन यो अभियानअन्तर्गतको उच्चतम स्कोर हो।
अब महिन्द्रा एक्सयूभी ३०० ले ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ। यो ग्लोबल एनसीएपीद्वारा गरिएको हालसम्म सञ्चालित भारतका सुरक्षित कार अभियान सेफर कार फर इण्डियाअन्तर्गत परीक्षण गरिएका कुनै पनि कार मध्ये सवारी साधनमा रहने सबैका लागि एकीकृत रुपमा पाएको सर्वाधिक सुरक्षा रेटिङ हो। ग्लोबल एनसीएपीले सन् २०१८ मा सम्पन्न भएको दिल्ली अटो एक्स्पोका क्रममा सेफर च्वाइस अवार्डको पतिस्पस्र्धा शुरु गरेको थियो।
यो एक्सयूभी ३००, आकर्षक (हेड–टर्निङ) र चितुवाबाट प्रेरित डिजाइन, ‘फन टू ड्राइभ’ प्रदर्शन, उत्कृष्ट वर्गको सुरक्षा विशेषता, हाइ–टेक विशेषता वर्गमा पहिलो तथा उत्कृष्ट आन्तरिक सजावट÷बनावटले यसलाई रोमान्चक र बहृत् प्याकेजसहितको यो वर्गका सवारीसाधनमा एक मानकका रूपमा स्थापित भएको छ। यो पेट्रोल र डिजेल इन्जिनका दुवै विकल्पमा उपलब्ध छ।एक्ययूभी ३००को मूल्य पेट्रोल डब्लूफोर मोडलका लागि ३९ लाख ७५ हजार र डिलेज डब्लूफोर मोडलका लागि ४१ लख २५ हजार रुपियाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्