खेलकुद विकासका लागि सरकारले भौतिक पुर्वाधारमा जोड दिन जरुरी: सभामुख घर्ती



यमलाल भुसाल, बुटवल । 

प्रदेश नम्बर पाँचका सभामुख पुर्ण बहादुर घर्तीले खेलकुदका नाममा संस्था स्थापना गर्ने अनी विदेश गएर उतै लुक्ने पद्धतिको अन्त्य जरुरी रहेको बताउनु भयो ।

उहाँले जीवन जिउने आधारका रुपमा खेलकुदलाई अपनाउन सकेमात्र खेल क्षेत्रमा आकर्षण बढने भन्दै राज्यका तिनै तहका सरकारले स्पष्ट खेलकुद नीति बनाउनुपर्नेमा जोड दिनु भयो ।

नेपाल मार्सल आर्ट हाप्किदो संघले सोमवार देखि बुटवलमा संचालन गरेको दुई दिवशिय राष्ट्रिय रेफ्री सेमिनारको उदघाटन गदै सभामुख घर्तीले खेलकुदको विकासका लागि सरकारले भौतिक पुर्वाधारमा जोड दिन जरुरी रहेको औल्याउनु भयो ।
उहाँले खेलकुदवाट राष्ट्रलाई चिनाउनका लागि खेलाडीको मनोबल बढाउने गरि कार्ययोजना अगाडी ल्याउनु पर्ने धारणा राख्नु भयो ।
राणाकालमा खेलकुदको विकाु नभएपनि खेल खेल्नु पर्छ भन्ने कुराको शुरुवात भएको प्रसंङ उल्लेख गदै सभामुख घर्तीले काठमाण्डौमा दर्शरथ रंगशालाको निर्माणसंगै खेलकुदको जग बसेका र सरकारले बाह्ै महिना खेलकुदका तालिम र प्रतियोगिता संचालन गर्ने गरि वजेट विनियोजन गर्न जरुरी रहेको स्पष्ट पार्नु भयो ।

नेपाल मार्सल आर्ट हाप्किदो संघका केन्दिय अध्यक्ष काली बहादुर घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी तिलोत्तमा नगर खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र गुरुङ संघका प्रदेश नम्बर ५का संयोजक धन बहादुर दमाई लगायतले खेलकुदलाइ पर्यटन संग जोडर विकास गर्नु पर्ने धारणा राख्नु भएको थियो । दुई दिनसम्म संचालन हुने तालिममा ५० जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्