शोधनान्तर स्थिति २६ अर्ब ६५ करोडले बचत



काठमाडौं, (नेस)
समीक्षा अवधिमा शोधनान्तर स्थिति २६ अर्ब ६५ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६३ अर्ब ६८ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको छ महिनासम्ममा ५५ करोड ९५ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको छ।

त्यस्तै चालू खाता घाटा ८४ अर्ब ७१ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५२ अर्ब १६ करोड रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको छ महिनासम्ममा १ अर्ब ३३ करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा ७४ करोड ३९ लाख रहेको छ।

उक्त अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ४६ करोड र प्रत्यक्ष वैदेशिक लगानी१२ अर्ब २० करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ८९ करोड र प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्