उमा कुङफु फागुन १६ देखि



काठमाडौं, (नेस)।

नेपाल उमा कुङफु संघको आयोजनामा पाँचौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता फागुन १६ गतेदेखि हुने भएको छ।प्रतियोगितामा विभिन्न १८ जिल्लाबाट २ सय खेलाडीको सहभागिता रहने आयोजक उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

प्रतियोगितामा सान्डामा २३, प्याटर्नमा १६ र ताइचीमा ४ गरी ४३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।प्रतियोगिताका लागि संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामालाई प्याटर्न र ताइची तथा संघका उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय कुङफु फेडेरेसनअन्तर्गत नेपालका लागि महासचिव सन्जितकुमार राईलाई सान्डाका लागि प्रमुख जजमा चयन गरिएको छ। बसुन्धरास्थित ऋत एकेडेमीमा हुने दुई दिने प्रतियोगिता सञ्चालन गर्न करिब १३ लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्