एपीएफद्वारा उपाधि रक्षा



काठमाडौं, (नेस)।

विभागीय टोली नेपाल एपीएफ क्लबले ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। बुधबार दोहोरो राउन्ड रोबिनको लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले अपराजित रहेर उपाधि रक्षा गरेको हो।

यस्तै, एपीएफले लगातार तीनपटक च्याम्पियन बन्दै रनिङ शिल्ड कब्जा गरेको छ। ढोरपाटन लिगमा ७ पटकको च्याम्पियन बनेको एपीएफले १३औं र १४औं संस्करणमा पनि च्यािम्पयन बनेको थियो।

उपाधिसँगै एपीएफले ४ लाख ५ हजार रुपियाँ हात पार्यो। दोस्रो भएको पुलिसले २ लाख ५ हजार तथा तेस्रो भएको आर्मीले १ लाख ५ हजार रुपियाँ तथा चौथो भएको डायमन्डले ७५ हजार रुपियाँ हात पार्यो। पाँचौं भएको चितवनले ५५ हजार तथा छैटौं भएको बुलबुले रारा भलिबल क्लबले ३५ हजार रुपियाँ पायो। त्रिभुवन आर्मी क्लबकी साफिया पुन प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भइन्।्

 

प्रतिक्रिया दिनुहोस्