प्रथम अकियास पालिका स्तरीय भलिबल प्रतियोगिता सुरू



सरस्वती न्यौपाने, रसुवा ।

गोसाईकुन्ड गाउँपालिका- ६ धुन्चेमा प्रथम अकियास कप पालिका स्तरिय भलिबल प्रतियोगिता सुरू भएको छ ।

शैक्षिक ज्ञानी बौद्धिक र प्रज्वलित समाज (AKIAS) को आयोजनामा खेलको विकासका लागि प्रत्येक महिना एउटा प्रतियोगिता सञ्चालन गर्ने अभियान अन्तर्गत माघ २९ गते देखि फागुन ३ गते सम्म गोसाईकुण् गाउँपालिका भित्रका ९ वटा टिमको सहभागिता हुने गरी भलिवल प्रतियोगिता सञ्चालन गरिएको सो संस्थाका अध्यक्ष निवेश श्रेष्ठले जानकारि दिनु भयो ।

प्रतियोगिताकोको प्रथम टीमलाई १५००० हजार,द्वितीय हुनेलाई आठ हजार,तृतीय हुनेलाई पाँच हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्