कतार खेलकुद सम्पन्न



काठमाडौं, (नेस)।

कतारको राष्ट्रिय खेलकुद दिवसको अवसरमा नेपालस्थित कतार राजदूतावासले आयोजना गरेको फुटबल प्रतियोगितामा ब्रिटिस राजदूतावास नेपालले बुधबार उपाधि जितेको छ।

मंगलबार ललितपुरको हात्तिवनस्थित हिमालयन स्पोर्टस् एरिनामा आयोजित प्रतियोगिताको फाइनलमा ब्रिटिसले रसियन राजदूतावास नेपाललाई ६–३ गोलअन्तरले हराएर उपाधि जितेको हो।

यसअघि सेमिफाइनल खेलमा ब्रिटिसले कतार राजदूतावास नेपाललाई तथा रसियनले कतार च्यारिटीलाई हराएका थिए। कतार च्यारिटी भने रसियनसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो। ३० मिनेट अवधि खेलाइएको प्रतियोगितामा कतार राजदूतावास नेपाललगायत ८ वटा टिमको सहभागिता रहेको थियो।

लिग चरणबाट खेल्न शुरू गरिएको खेलमा ८ वटै टिमले एक अर्कासँग प्रतिस्पर्धा गरेका थिए। कतार राजदूतावास, कतार च्यारिटी, रसियन राजदूतावास नेपाल र ब्रिटिस राजदूतावास नेपाल लिग चरणबाट खेल जितेर सेमिफाइनलमा प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्