साइपाल सेमिफाइनलमा



काठमाडौं, (नेस)।

साइपाल एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत गल्र्स बास्केटबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ।
सात टिम सहभागी नकआउट प्रतिस्पर्धामा साइपालले गोल्डेनगेटलाई ४९–२१ ले पराजित गर्यो।

साइपालको जितमा प्रबिना गुरुङले १७ अंक योगदान गरिन्। वसुन्धरास्थित ऋत एकेडेमीमा भइरहेको खेलकुद सप्ताहको बास्केटबलकै ब्वाइजमा काष्ठमण्डपले ह्वाइटफिल्डलाई ३१–१५ ले, आइन्सटाइनले प्रिमियरलाई ३९–१६ ले, आइन्जेभियरले ग्लेसियरलाई ४९–२३ ले र गोल्डेनगेटले हेराल्डलाई ३२–२२ ले हराए।

भलिबलतर्फ ब्वाइजमा दोहोरो जित निकाल्दै प्रिसियस क्वार्टरफाइनलमा प्रवेश गर्यो। त्यस्तै, प्रिसियसले रिभेरालाई २५–२३ र २५–१७ तथा ह्वाइटफिल्डलाई २५–१२ र २५–१७ को सोझो सेटमा पराजित गर्यो।

प्रतिक्रिया दिनुहोस्