प्रीतिमा क्वार्टरफाइनलमा



काठमाडौं, (नेस)।

प्रीतिमा पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ। प्रीतिमाले विनायकलाई टाइब्रेकरमा ४–१ गोलले पराजित गर्यो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो।

काठमाडौं विनायक शिक्षालय (केभीएस) र भीमेश्वर एकेडेमी पनि क्रमशः आयोजक अर्किडलाई ६–१ गोलले र हाइल्यान्डलाई ४–० ले हराएर अन्तिम आठमा पुगे।

अन्य खेलमा लाइसियम प्याराडाइस र नेक्सस विजयी भए। लाइसियमले मानाङ्क प्याराडाइसलाई २–१ गोलले पाखा लगायो। नेक्ससले ब्रह्मकुञ्जलाई १–० गोलले हराउँदा मनिष बारियाले निर्णायक गोल गरे।

प्रतिक्रिया दिनुहोस्