नेपालयलाई लिबर्टी कप



काठमाडौं, (नेस)।

नेपालयले दोस्रो लिबर्टी कप अन्तरविद्यालय फुटबल प्रतियोगिताअन्तर्गत ब्वाइज र गल्र्स दुवै विधाको उपाधि जितेको छ।लिबर्टी स्कुलको आयोजनामा अत्तरखेलस्थित शिवपुरी खेल मैदानमा भएको ब्वाइज फाइनलमा नेपालयले भेनस पब्लिकलाई २–१ गोलको अन्तरले पराजित गर्यो।

टोलीको जितमा सरोज कार्की र पासाङ थिङलेले गोल गरे। भेनसका आयुष मगरले १ गोल फर्काए। गल्र्सको उपाधि भिडन्तमा नेपालयले गोकर्ण लाइटलाई १–० गोलले हरायो। एलिसा तामाङले निर्णायक गोल गरिन्।

ब्वाइजमा जीवन ताराले आयोजक लिबर्टीलाई ५–१ ले र गल्र्सतर्फ लिबर्टीले जीवन तारालाई ५–१ गोलले हराउँदै तेस्रो स्थान हात पारे। शीर्ष तीनले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार हासिल गरे।

प्रतिक्रिया दिनुहोस्