जिल्ला स्तरीय मेयरकप बुद्धिचाल प्रतियोगीता सम्पन्न



विष्णु तिमिल्सिना, बर्दिया ।

जिल्ला बुद्धिचाल संघ बर्दियाको आयोजना र गुलरिया नगरपालिकाको आर्थिक सहयोगमा प्रथम जिल्ला स्तरिय मेयरकप बुद्धिचाल प्रतियोगीता सदरमुकाम गुलरियामा सम्पन्न भएको छ ।

“स्वास्थ्य र खेलमा हाम्रो सवाल, बुद्धि विकासका लागी बुद्धिचाल” भन्ने मुल नारा सहित करिब १ वर्ष देखि बर्दियामा बुद्धिचालका खेलाडीहरु औपचारिक रुपमा संगठित हुँदै यस खेलको गतिविधिलाई जिल्लामा बढाउदै आएका छन । विभिन्न पालिका स्तरमा कार्यक्रम गरेपछि जिल्ला स्तरको प्रतियोगिताको आयोजना गरिएको हो ।

उक्त प्रतियोगितामा खुला तर्फ सागर चापागाई प्रथम, खिम बहादुर पुन द्धितिय, दिपक अधिकारी तृतिय र किरण नापित सान्त्वनामा पुरस्कृत भएका छन् । त्यसै गरी विद्यार्थी तर्फ आयुष खत्री प्रथम, गौरव पौडेल द्धितिय, दिपेश शाही तृतिय र मिलन मल्ल सान्त्वना भएका छन् । साथै महिला तर्फ रेखा राना तथा जेष्ठ नागरिक तर्फ जोतेन्द्र न्यौपाने पुरस्कृत भएका छन् ।

प्रतियोगितामा पुरस्कृत हुने खेलाडीहरुलाई समापन कार्यक्रममा प्रमुख अतिथि गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष निरज शर्माले नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु हुँदै बुद्धिचाल खेल विकासको लागि आफ्नो वडा लगायत गुलरिया नगरपालिकाले अगामी दिनहरु पनि सहयोग गर्ने बताउनु भयो ।

समापन कार्यक्रम बुद्धिचाल संघ बर्दियाका अध्यक्ष दशरथ बुढाको सभापतित्वमा भएको थियो । कार्यक्रममा बर्दिया जिल्लाका ५ वटा पालिकाहरुबाट खेलाडीहरुले प्रतियोगीतामा भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्