एपिएफ र पुलिसबीचको खेल निर्णायक



काठमाडौं, (नेस)।

विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीचको लिग चरणको अन्तिम खेल १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको फाइनल सरह हुने भएको छ।

मंगलबार यि दुई टोलीले दोस्रो लिगमा सफलता हात पारेपछि अन्तिम खेल नै निर्णायक हुने भएको हो। आज हुने खेलमा जित हात पार्ने टोली च्याम्पियन बन्नेछ।

दोस्रो लिगमा चौथो चरणको खेल सकिदा अपराजित रहेको एपिएफले १३ खेलबाट ३८ अंक र पुलिसको ३७ अंक छ। विजेताले ४ लाख ५ हजार र दोस्रो हुनेले २ लाख ५ हजार प्राप्त गर्नेछ। त्यस्तै तेस्रो हुनेले १ लाख ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्