नगरस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड धुलिखेललाई



मोतीराम तिमल्सिना, काभ्रे ।

धुलिखेल नगर स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता धुलिखेलमा सम्पन्न भएको छ । नगर भित्रका १५ वटा विद्यालयका ३ सय विद्यार्थीहरुले प्रतियोगिताको विभिन्न विधामा भाग लिएका थिए ।

प्रतियोगितामा ९ वटा खेलमा प्रथम स्थान र ५ वटा खेलमा दोश्रो स्थान हासिल गरी धुलिखेल हाई स्कुलले रनिङ्ग शिल्ड हात पारेको छ । शिल्ड नगरपालिकाको स्थापना दिवसको अवसर पारी फागुन ५ गते प्रदान गरिने शिक्षा शाखाका भोजकुमार ठकुरीले जानकारी दिनु भयो । १ सय मिटर दौडमा छात्र तर्फ, २ सय मिटर छात्र तर्फ, ४ सय मिटर रिले तर्फ छात्रा, छात्र तर्फ प्रथम स्थान हासिल गरेको थियो भने १ सय मिटर रिले छात्रामा दोश्रो स्थान हासिल गरेको थियो । १ सय मिटर रिले छात्र प्रथम, हाईजम्प छात्रा प्रथम, ट्रिपल जम्प छात्र प्रथम, छात्रा दोश्रो, सटपुट छात्रा प्रथम, टात्रा दोश्रो र ज्याबलिङ्ग छात्र द्धितिय भएका थिए ।

भलिवल छात्रा तर्फ सञ्जिवनी स्कुल धुलिखेल प्रथम भयो भने इम्मानुयल स्कुल दोश्रो भयो । छात्र तर्फ सञ्जिवनी स्कुल प्रथम भयो भने नमोबुद्ध मावी दोश्रो भयो । एथलेटिक्स तफै धेरै विद्यार्थीले उत्कृष्टता हासिल गर्न सफ पुर्ण सञ्जिवनी विद्यालयलाई पुरस्कार वितरण गरिएको थियो । पूर्ण सञ्जिवनीले चारवटा विद्यामा प्रथम स्थान हासिल गर्यो भने चारवटा विद्यामा दोश्रो स्थान हासिल गर्न सफल भएको थियो ।

त्यस्तै, सेतीदेवी मावी रविगाउँले तीनवटा विद्यामा प्रथम स्थान हासिल गर्यो भने २ वटा खेलमा दोश्रो स्थान हासिल गरेको छ । सरस्वती मावी बडालगाउँले ३÷३ वटा खेलमा प्रथम र दोश्रो स्थान हासिल गरेको छ । सञ्जिवनी नमुना मावीले प्रथम स्थान एउटा खेलमा हासिल गरेको छ भने ५ वटा खेलमा दोश्रो र २ वटा खेलमा तेश्रो स्थान हासिल गरेको छ ।

नमोबुद्ध इङ्गलिस बोडिङ्ग स्कुल शंखुले ज्याबलिङ्ग तर्फ प्रथम र भलिबल तर्फ दोश्रो स्थान हासिल गरेको छ । डिभाईनलाईट शंखुले २ वटा खेलमा प्रथम स्थान हासिल गर्यो भने ५ वटा खेलमा दोश्रो स्थान हासिल गरेको थियो । इम्मानुयल स्कुलले सटपुट छात्र तर्फ दोश्रो स्थान हासिल गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्