महामञ्जुश्री र एचएचसीए विजेता



काठमाडौं, (नेस)।

महामञ्जुश्री, एचएचसीए र सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) ले चौथो भानुभक्त मेमोरियल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्। पानीपोखरीस्थित आयोजकको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा महामञ्जुश्रीले सेबलाई ५४–४६ ले पराजित गर्यो।

टोलीको जितमा सुजन मोक्तानले १४ अंक योगदान गरे। सिनियर गल्र्सको उपाधि भिडन्तमा अनिता सुनुवारको १७ अंक सहयोगमा एचएचसीएले सिद्धार्थ बनस्थलीलाई ३३–२० ले हरायो। जुनियर ब्वाइजको फाइनलमा सेबले ग्रिनफिल्डको चुनौती २८–१७ ले समाप्त पार्यो। सेबका कृपाल महर्जनले १३ स्कोर गरे।

त्यस्तै आयोजक भानुभक्त प्रथम भानुभक्त मेमोरियल अन्तरविद्यालय नेटबल प्रतियोगितामा च्याम्पियन बन्यो। फाइनलमा भानुभक्तले मंगलदीपलाई २६–२१ ले पराजित गर्यो।

भानुभक्तकी आकृति रजकले १८ अंक जोडिन्। टोलीकी प्रनिता लामा उत्कृष्ट खेलाडी तथा मंगलदीपकी टासी शेर्पा उत्कृष्ट डिफेन्डर घोषित भए। प्रतियोगिताभर ८६ स्कोर गरेकी भानुभक्तकी आकृति रजक सर्वाधिक स्कोरकर्ता बनिन्।

 

प्रतिक्रिया दिनुहोस्