मनाङको शानदार जित



काठमाडौं, (नेस)।

जारी सहिद स्मारक ए डिभिजन लिगमा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले आईतबार शानदार जित हात पारेको छ।

एन्फा कम्प्लेक्स मैदानमा भएको ११औं चरणको खेलमा मनाङले न्युरोड टिम (एनआरटी) लाई ४–१ ले हराएको हो। टोलीको जितमा अन्जन विष्टले दुई तथा विमल राना र दयानन्द सिंहले १–१ गोल गरेका हुन् एनआरटीका लागि सकल रेग्मीले एक गोल फर्काए। यो जितसँगैं मनाङ २२ अंकसहित तेस्रो स्थानमा रहेको छ।

साथै टोलीले उपाधि रक्षा गर्ने आसलाई जीवितै राखेको छ। टोली शीर्ष स्थानको त्रिभुवन आर्मीसँग ४ अंकले र दोस्रो स्थानको मछिन्द्रसँग ३ अंकले पछि छ।

प्रतिक्रिया दिनुहोस्