इङ्लिस प्रिमियर लिगः म्यान्चेस्टर सिटी र वेस्ट ह्यामबीचको खेल स्थगित



एजेन्सी ।

इङ्लिस प्रिमियर लिगका खेल अन्तरगत खराब मौसमका कारण म्यान्चेस्टर सिटी र वेस्ट ह्यामबीचको खेल स्थगित भएको छ।

खेल सुरु हुनुभन्दा पाँच घण्टाअघि सिटीले ट्विटरमार्फत खेल रोकिएको जानकारी दिएको हो।

प्रतिघण्टा ५० देखि ६० माइल गतिको हुरी चल्नसक्ने चेतावनी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्