रुसी राष्ट्रपतिसँग भेट्नुअघि कोरोना परीक्षण गर्नुपर्ने



मस्को, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्नुअघि कोरोना भाइरसको परीक्षण गरिने भएको छ ।

भेट्ने व्यक्तिको शरीरको तापक्रम लगायत कोरोना संक्रमणको सम्भावना बारे पनि परीक्षण गरिने भएको हो । राष्ट्रपतिको स्वास्थ्यमा सावधानी अपनाइन यस्तो निर्णय गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले जनाएका छन् ।

जसअनुसार अब ६७ वर्षीय पुटिनसँगको भेटमा संलग्न सबैको परीक्षण हुनेछ । कोरोना भाइरसको संक्रमण फैलन नदिन पनि यस्तो सावधानी गरिएको बताइएको छ । कोरोना भाइरस सुरु भएको चीनबाट ४ हजार किलोमिटर दूरीमा रुस रहेको छ । जहाँ दुईजना कोरोना भाइरसका बिरामी भेटिएका छन् ।

तर दुबै बिरामी चिनियाँ नागरिक हुन् । र उनीहरुको साइबेरियामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्