अर्किड सफल



काठमाडौं, (नेस)।

आयोजक अर्किडले पाँचौं अर्किड कप अन्तर्विद्यालय छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ। अर्किडले गोठाटारलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्यो।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो। गोठाटारका उमन आचार्य ‘म्यान अफ द म्याच’ घोषित भए।

अर्को खेलमा हाइली क्रिएटिभले दर्शनालाई १–० को झीनो गोलअन्तरले हरायो। हाइलीका हिमांशु न्यौपानेले निर्णायक गोल गरे। दर्शनाका रोशन थापा ‘म्यान अफ द म्याच’ चुनिए।

प्रतिक्रिया दिनुहोस्