हुमी पहिलो



काठमाडौं, (नेस)। 

शहीद रामनाथ मल्टिपल कलेजकी हुमी बुढा मगर तेस्रो द टाइम्स ५ किलोमिटर रोड रेसको महिलातर्फ शनिबार पहिलो भएकी छन्।

गत संस्करणको पनि विजेता हुमीले निर्धारित दूरी २१ मिनेट २१ दशमलव ९८ सेकेन्डमा पूरा गरिन्। जोसेफ उमाविकी प्रीति राई दोस्रो तथा नेपालय एजुकेसन फाउन्डेसन स्कुलकी विनिता तामाङ तेस्रो भए।

निर्धारित दूरी तय गर्न प्रीतिले २२ मिनेट ५१ दशमलव ०९ सेकेन्ड तथा विनिताले २३ मिनेट ०७ दशमलव ७९ सेकेन्ड समय लगाए। शीर्ष तीन स्थानमा रहनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्