विनायकलाई प्याब्सक कप



नेपाल समाचारपत्र, काठमाडौं।

विनायकले चौथो प्याब्सक कप अन्तर्विद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ।निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा विनायकले विट्स एकेडेमीलाई ६–२ गोलले पराजित गरेको हो।

विनायकका ‘म्यान अफ द म्याच’ स्कन्द पोखरेलले ४ गोल गरे। सतीश थापा र नितीश सहनीले १–१ गोल थपे। विट्स एकेडेमीका साम्देन तामाङ र रिसोप प्रधानले १–१ गोल फर्काए।लुम्बिनी एकेडेमीको मुख्य प्रायोजनमा चुच्चेपाटीस्थित लुम्बिनी फुटसलमा तेस्रो स्थानका लागि भएको खेलमा सगरमाथाले पुष्पलाललाई ३–१ गोलले हरायो।

विजेताले १० हजार र उपविजेताले ८ हजार पाए। त्यस्तै तेस्रो र चौथो हुनेले क्रमशः ७ हजार र ५ हजार नगद हात पारे।विट्सका अशोक मगर उत्कृष्ट खेलाडी, विनायकका युवराज गोर्खाली उत्कृष्ट गोलरक्षक, विनायकका सतीश थापा उत्कृष्ट डिफेन्डर र विनायकका आनन्द क्षेत्री उत्कृष्ट प्रशिक्षक घोषित भए।

विनायकका स्कन्द पोखरेल अनुशासित खेलाडी चुनिए भने विट्सका रिसोप प्रधान उदीयमान खेलाडी ठहरिए।

प्रतिक्रिया दिनुहोस्