हिमालयको दोहोरो जित



काठमाडौं, (नेस)। 

हिमालयले नवौं इनोभेटिभ कप अन्तर्विद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार दोहोरो जित हात पारेको छ। इनोभेटिभ इंग्लिस स्कुलद्वारा आयोजित प्रतियोगितामा हिमालयले एस्फोडेललाई ३१–१७ ले पराजित गर्यो। हिमालयको जितमा विनोद नेपालीले १० अंक योगदान गरे।

विनोद नेपालीकै २१ अंक सहयोगमा हिमालयले नेरिक एकेडेमीलाई ५९–५२ ले हरायो। दुई खेल खेलेको नेरिकले ह्वाइट हेभेनविरुद्ध भने ३९–१९ को जित निकाल्यो।

नेरिकका समीप खत्रीले १५ स्कोर गरे। ब्वाइजमै पुष्पसदन र एसियन पब्लिकले पनि सफलता पाए। पुष्पसदनले ह्वाइट हेभेनमाथि ५५–४० ले पन्छायो।

पुष्पसदनका सञ्जीव बोहोराले १३ स्कोर गरे। एसियनले एआईएलाई ४८–२२ ले पाखा लगायो। एसियनका पारस केसीले १५ अंक जोडे।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्