मंगलदीप फाइनलमा



काठमाडौं, (नेस)।

मंगलदीप प्रथम भानुभक्त मेमोरियल नेटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ। मंगलदीपले सेबलाई २२–१२ ले हराउँदै चार टिम सहभागी राउन्ड रोविन लिगमा उपविजेता हुँदै फाइनलमा स्थान बनाएको हो।

उपाधिका लागि मंगलदीपले समूह विजेता आयोजक भानुभक्त मेमोरियल स्कुलविरुद्ध प्रतिस्पर्धा गर्नेछ। उता चौथो भानुभक्त मेमोरियल अन्तर्विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा भानुभक्त र टीआईए सेमिफाइनलमा पुगे। भानुभक्तले नवोदितलाई २४–१२ तथा टीआईएले पञ्चायणलाई १३–८ ले पराजित गरे।

प्रतिक्रिया दिनुहोस्