कृषन र अमन फाइनलमा



न्युज अफ नेपाल, काठमाडौं ।
भारतका कृषन हुदा र अमन दहिया काठमाडौं आईटीएफ जुनियर जे– ५, २०२० टेनिस च्याम्पियनसिपको सर्किट १ अन्तर्गत ब्वाइज सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा कृषनले भारतका ध्रुभ ताङग्रीलाई ६–४ र ६–३ तथा अमनले भारतकै वंश भगतानीलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको गल्र्समा चीनकी झिन्तोङ झावले भारतकी हेत्भी चौधरीलाई ६–३ र ६–१ तथा भारतकी रिया उबोभेजाले अस्ट्रियाकी इनेस फल्टिङगरलाई ६–१ र ७–६(३) ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
पुरुष डबल्समा मलेसियाका क्रिस्टियन अन्ड्रे सेङ लिउ र भियतनामका क्वोक भोको जोडीले भारतका तोरस रावत र सिंगापुरका आदित्थ्या सुरेशको जोडीलाई ६–० र ७–६ ले पाखा लगाउदै भारतका आदित्य वर्धान रोय चौधरी र ध्रुभ ताङग्रीको जोडीसंग फाइनल भेट पक्का गरे । अदित्य र ध्रुभको जोडीले थाइल्यान्डका ताइनतावान मजोली र फ्रान्सका लुकास पन्थालाको जोडीबाट वाक ओभर पाएका थिए ।
गल्र्स डबल्समा सिंगापुरकी डिने छु र भारतकी रिया उबोभेजाको जोडीले नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडीलाई ६–४ र ६–४ तथा अस्ट्रियाकी इनेस र चीनकी झिन्तोङको जोडीले जापानका काइडे हतानो र रेना तानाकाको जोडीलाई ७–५ र ७–५ को सीधा सेटमा पन्छ्याउदै फाइनल यात्रा तय गरे । फाइनल शुक्रबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्