अर्किड तेस्रो



काठमाडौं, (नेस)।

अर्किड नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार तेस्रो भएको छ। पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भइरहेको प्रतियोगितामा अर्किडले न्यु होलीक्रसलाई ३–० गोलले पराजित गर्यो।

संस्थागत विद्यालय सञ्चालकहरूको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगिताको फाइनल नेक्सस र डिफेन्डिङ च्याम्पियन ग्लोबल पब्लिक स्कुलबीच शनिबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्