भानुभक्त अन्तिम आठमा



काठमाडौं, (नेस)।

आयोजक भानुभक्त मेमोरियल स्कुल चौथो भानुभक्त मेमोरियल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

भानुभक्तले चैतण्यलाई २४–१८ ले, न्यु समिटले कान्तिपुरलाई ५२–४९ र नवोदितले एलआरआईलाई २७–१७ ले हराएर अन्तिम आठमा पुगे। सिनियर गल्र्समा टीआईएले सिद्धार्थ बनस्थलीलाई र नवोदितले बाल श्रृजनालयलाई एक अंकको अन्तरले पन्छाए।

प्रतिक्रिया दिनुहोस्