केभीएस क्वार्टरफाइनलमा



काठमाडौं, (नेस)।

काठमाडौं विनायक शिक्षालय (केभीएस) चौथो प्याब्सक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) द्वारा आयोजित प्रतियोगितामा केभीएसले रिताम्बरालाई २–१ तथा तिरुपातिलाई ६–१ गोलले पराजित गर्यो। विट्स एकेडेमीले हिमालयलाई ३–२ तथा भीमेश्वर एकेडेमीले गणेश हिमाललाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै अन्तिम आठमा पुग्न सफल भए।

 

 

प्रतिक्रिया दिनुहोस्