नेपाल ओमानसँग १८ रनले पराजित, अर्काे खेल अमेरिकासँग खेल्ने



न्युज अफ नेपाल, काठमाडौं ।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानसँग १८ रनले पराजित भएको छ । ओमानले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ७९ रनमा अल आउट भयो । शरद भेषवाकरले सर्वाधिक ५५ रनको योगदान दिए ।

४४ औं ओभरको पहिलो बलमा अकीब इलियासले बोल्ड आउट गर्नुअघि शरदले १ सय ८ बलमा ५ चौका प्रहार गरे । शरदले ९६ बलमा अर्ध शतक पुरा गरेका थिए । योसँगै शरद घरेलु मैदानमा ओडीआईमा अर्ध शतक पुरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । शरदको यो पहिलो ओडीआई करिअरको पहिलो अर्ध शतक पनि हो । खेललाई सन्दीप लामिछानेले रोमान्चक बनाए ।

सन्दीप र शरदले आठौं विकेटका ३८ लागि रनको साझेदारी गर्दै जितको आशा बढाएका थिए । तर शरद आउट भएसँगै नेपालको जित टाढिएको थियो । सन्दीपले २७ बलमा ३ चौका र १ छक्का सहित २८ रनमा क्याच आउट भए । ४५ औं ओभरको पहिलो बलमा मकसुदले सन्दीपलाई फस्ट सिलिपमा रहेका खावर अलीबाट उत्कृष्ट क्याच गराएसँगै नेपालको जितको आशा सकिएको थियो ।

नेपालले अन्तिम १० ओभरमा ७६ रन खर्चिएको थियो । नसिम खुशीले तल्लोक्रममा १८ बलमा २ चौका र २ छक्का सहित महत्वपूर्ण २८ रन जोडे । करणले शरद भेषवाकरबाट खुशीलाई क्याच गराएका थिए । खुसी र नदमीले आठौं विकेटका लागि आक्रामक ४२ रनको साझेदारी गरेका थिए ।

करणले पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई ४ रनमा बोल्ड आउट गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । करणलेनै सातौं ओभरको चौथो बलमा खावर अलीलाई विनोद भण्डारीबाट ५ रनमा क्याच आउट गराए । १३ औं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीले अकीबलाई १६ रनमा रन आउट गराएका थिए । अकीबले ३४ बलमा २ चौका प्रहार गरे ।

१९ औं ओभरको चौथो बलमा स्पिनर सुशन भारीले कप्तान जीशान मकसुदलाई २० रनमा एलबीडब्यू आउट गरे । सुशनको अपिलमा एम्पारले आउट दिएका थिए । उनले ४० बलमा ४ चौका प्रहार गरे । एक बलपछि सुशनले विकेटकिपर सुरज कुमारलाई कप्तान ज्ञानेन्द्र मल्लबाट शून्यमा क्याच गराएपछि ओमान ५७.५ को संकट अवस्थामा पुगेको थियो ।

खराव सुरुवात गरेको ओमानलाई छैटौं विकेटका लागि सन्दीप गौड र मोहम्मद नदीमले ६० रनको साझेदारी गर्दै सुरुवाती दबाब केहि कम गरेका थिए । यी दुईबीचको साझेदारी सुशनलेनै गौडलाई विकेटकिपर विनोद भण्डारीबाट ३३ रनमा स्टम्पिङ आउट गराउँदै तोडेका थिए । गौडले ७२ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

त्यसअघि ३५ औं ओभरको तेस्रो बलमा ठूला सट खेलेका गौड बाउन्डीमा पारस खड्काले क्याच लिएपनि बाहिर पुग्दा छक्का हुँदै जीवनदान पाएका थिए । दीपेन्द्रको ४२ औं ओभरको चौथो बलमा सट खेल्ने क्रममा बादल सिंह रोहित कुमार पौडेलबाट ५ रनमा क्याच हुन पुगे । करणले कामिदुल्लाहलाई १ रनमा आउट गरे ।

तीब्र गतिका बलर करणले ९ ओभरमा १ मेडन राख्दै ४७ रन खर्चेर ४ विकेट लिए । ओडीआईमा डेब्यू खेलमा स्पिनर सुशन भारीले १० ओभरमा १ मेडन राख्दै १४ मात्रै रन ३ विकेट लिए । दीपेन्द्रको नाममा १ विकेट रह्यो । ओडीआई डेब्यू खल खेलेका अभिनाश बोहराले ९ ओभरमा २ मेडन सहित ३८ रन खर्चिए पनि विकेट लिन सकेनन् ।
नेपालले अव शनिवार अमेरिकासँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्