इनोभेटिभको दोहोरो जित



काठमाडौं, (नेस)। 

आयोजक इनोभेटिभले नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ मंगलबार दोहोरो जित हात पारेको छ।

बुद्धनगरस्थित घरेलु कोर्टमा भएको उद्घाटन खेलमा इनोभेटिभले स्वप्न वाटिका एकेडेमीलाई २३–१० ले र रेडिअन्टलाई २२–१६ ले हरायो।

सिनियर ब्वाइजमा इनोभेटिभले हिमालीमाथि ६३–४२ को जित दर्ता गर्यो। इनोभेटिभका रेनिश खड्काले १९ अंक जोडे। ह्वाइट हेभेनले एस्फोडेललाई ३४–२४ ले पाखा लगायो। ह्वाइट हेभेनका निगम राना मगरले १४ स्कोर गरे।

प्रतिक्रिया दिनुहोस्