भानुभक्तको विजयी शुरुआत



काठमाडौं, (नेस)।

आयोजक भानुभक्त मेमोरियल स्कुलले चौथो भानुभक्त मेमोरियल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्स र जुनियर ब्वाइज दुवैमा मंगलबार विजयी शुरुआत गरेको छ।

सिनियर गल्र्समा भानुभक्तले फ्लोरोसेन्टलाई २८–१५ ले पराजित गर्यो। सिनियर गल्र्समै न्यु बुद्ध प्रकाशले पञ्चायणलाई १४–९, एचएचसीएले नवोदितलाई ३५–११ र सिद्धार्थ बनस्थलीले ज्ञानोदयलाई ३८–१८ ले हराए।

जुनियर ब्वाइजमा भानुभक्तले फ्लोरोसेन्टलाई १६–१०, इस्टपोलले हिमालयनलाई ११–८ र नवोदितले एचएचसीएलाई २४–२१ ले पाखा लगाए।
प्रथम भानुभक्त मेमोरियल अन्तरविद्यालय नेटबलमा पनि आयोजक भानुभक्तले जितका साथ यात्रा प्रारम्भ गर्यो। भानुभक्तले ज्ञानोदयलाई १६–८ ले पराजित गर्यो।

प्रतिक्रिया दिनुहोस्