इनोभेटिभ बास्केटबल आजदेखि



काठमाडौं, (नेस)।

इनोभेटिभ इङलिस स्कुलको आयोजनामा नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि शुरु हुने भएको छ। प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १० र सिनियर गल्र्समा ७ गरी १७ टिमको सहभागिता रहने इनोभेटिभका एकेडेमिक डाइरेक्टर हर्कबहादुर थापाले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

माघ २७ गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपियाँ खर्च हुने इनोभेटिभका प्रिन्सिपल विजय थापाले जानकारी दिए। ब्वाइज र गल्र्स दुवैमा गत संस्करणको उपाधि विल्सन एकेडेमीले जितेको थियो। फाइनल माघ २७ गते हुनेछ।

प्रतिक्रिया दिनुहोस्