एन्जल्स हर्ट च्याम्पियन


नेपाल समाचारपत्र, काठमाडौं।

आयोजक एन्जल्स हार्ट सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ। मनमैजुस्थित घरेलु कोर्टमा भएको फाइनलमा एन्जल्स हर्टले बीएनएलाई ४७–३२ ले पराजित गर्यो।

एन्जल्स हार्टका प्रतीक गौलीले २० अंक जोडे। बीएनएका सम्यम चापागाईंले १० स्कोर गरे। तेस्रो स्थानका लागि भएको खेलमा गोल्डेनपिकले नेसनल युनाइटेडलाई २८–२१ ले हरायो। गोल्डेनपिकका डेभ्लव राईले ८ स्कोर गरे।

एन्जल्स हार्टका प्रतीक गौली ‘मोस्ट भेलुएबल प्लेयर’ बीएनएका सम्यक चापागाईं सर्वाधिक स्कोरकर्ता र एन्जल्स हार्टका रोशन श्रेष्ठ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ बने। विजेतालाई तार्केश्वर नगरपालिकाकी उपमेयर भवानी डोटेल (धिताल) , एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनलगायतले पुरस्कृत गरे। माघ १२ गतेदेखि सुरु भएको प्रतियोगितामा २० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।