न्युज अफ नेपाल, पर्वत ।
पर्वतको कुस्माबजारमा जारी पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधी बागलुङ्ग गल्कोट नगरपालिकाको युनाईटेड स्र्पोटस क्लबले जितेको छ ।
युनाईटेड स्र्पोटस क्लब गल्कोटले आइतबार बिहान ग्रिनहिल निर्माण सेवा जैमुनी नगरपालिकालाई ३–२ को सेटमा हराउँदै उपाधी जितेको हो ।
युनाईटेड स्र्पोटस क्लबले पहिलो र दोस्रो सेट २५–१९ र २५–१७ मा जतेको थियो भने तेस्रो सेट जैमिनीले २५– १ को अन्तरमा रोक्न सफल भएको थियो । तेस्रो सेट जैमिनीले जितेपछि आक्रमक बनेको गल्कोटले पुनः चौथो सेट २५– १७ को अन्तरमा जितेपछि भलिबल प्रतियोगिताको उपाधी जित्न सफल भएको हो । उपाधी संगै गलकोटले १ लाख ४४ हजार ४ सय ४४ नगद,शिल्ड र मेडल हात पारेको छ ।
उपबिजेतामा चित्त बुझाएको हिल साइड निर्माण सेवाले ७७ हजार ७ सय ७७ रुपैया नगद पुरस्कार , शिल्ड र मेडल जितेको छ ।
प्रतियोगितामा पर्वतको महाशिला र मोदी गाउँपलिकाले सान्त्वनामाचित्त बुझाएका छन । दुबै टिमले २२ हजार २ सय २२ नगद पाएका छन ।
यसअघि पर्वत महोत्सवको अबसरमा आयोजित अन्तर पालिकास्तरिय भलिबल प्रतियोगितामा शनिबार भएको सेमिफाईनलको पहिलो खेलमा युनाईटेड स्पोर्टस कल्ब गलकोटले महाशिला गाउँपालिका पर्वतलाई पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको थियो । महाशिलालाई ३–१ को सेटमा पराजित गरेको थियो । ग्रिन हिल साईड निमार्ण सेबा जैमुनी नगरपालिका ले पनि पर्वतको मोदी गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
प्रतियोगितामा गण्डकी प्रदेशका पर्वत, बागलुङ्ग, म्याग्दी र कास्कीका गरि १३ पालिकाले भाग लिएका थिए ।











प्रतिक्रिया