ललितपुरमा भीषण आगलागी, २ जना घाइते



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै कवाडीखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी २ जना घाइते भएका छन् ।

आइतबार बिहान ११ः२० बजेतिर लागेको आगोले उग्र रुप लिएको छ । आगोका लप्काले कवाडीखाना नजिकैको घरहरुमा पनि क्षति पुर्याएको छ ।

आगलागीमा घाइते भएका एक जनाको उद्दार गरिएको छ भने अन्य व्यक्तिहरु पनि कवाडीखानाभित्र हुनसक्ने आशंका गरिएको छ । आगो नियन्त्रणमा आउने क्रममा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्