न्युज अफ नेपाल, काठमाडौं ।
कोरोना भाइरसको संक्रमणबाट फिलिपिन्समा एक जनाको मृत्यु भएको छ ।ज्यान गुमाउनेमा परिचय नखुलाईएका ४४ वर्षीय एक पुरुष रहेका छन्
फिलिपिन्सको स्वास्थ्य विभागका अनुसार, अस्वस्थ भएपछि ती व्यक्ति जनवरी २५ मा सान लजारो हस्पितलमा भर्ना भएका थिए । त्यहीँ उनको शनिबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चीनको वुहान सहरमा देखापरेको कोरोना भाइरसले यतिबेला चीनमा महामारीको रूप लिइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हालसम्म ३०४ जनाको ज्यान गइसकेको छ ।











प्रतिक्रिया