नेपालीको जीवन रक्षाको ग्यारेन्टी गरेका छौं: चीन



न्युज अफ नेपाल, काठमाडौँ ।

चीनको वुहानमा रहेका नेपाली सुरक्षित रहेको चीनले बताएको छ।

वुहानबाट फैलिएको कोरोना भाइरस फैलिन नदिन र विदेशी नागरिकको सुरक्षाका लागि चीनले आवश्यक स्वास्थ्य संयन्त्र खडा गरेको बताएको छ।

चीनको विदेश मन्त्रालयले उहानमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्य, सुरक्षा प्रत्याभूत गरेको र प्रतिरक्षात्मक सबै उपाय अपनाएको शनिबार जारी विज्ञप्तिमा उल्लेख छ।

चिनियाँ राजदूतावासले उपलब्ध गराएको वक्तव्यअनुसार घातक कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा नेपाल सरकारले अपनाएका सुरक्षात्मक उपायको सराहना गरिएको छ ।

चीन सरकारले कुनै पनि किसिमको सहायता आवश्यक परेमा चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग नेपालीहरुले सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्