गोल्डेनपिक क्वाटरफाइनलमा



काठमाडौं, (नेस)।

गोल्डेनपिक सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मनमैजुस्थित एन्जल्स हार्ट स्पोर्ट्स एकेडेमीमा भएको खेलमा गोल्डेनपिकले लालीगुराइसलाई ३०–२० ले पराजित गर्यो।

अन्य खेलमा भ्याली पब्लिकले नवजीवनलाई ४०–३५, ओडिसीले नवोदितलाई २५–२० र ग्रिनफिल्डले हार्टल्यान्डलाई २३–२१ ले हराए।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्