जेसीबी अपरेटर तालिम केन्द्र जनकपुरमा



जनकपुर (नेस)।

प्रदेश नं. २ सरकार र युके एड ‘सीप कार्यक्रम’को सहकार्यमा एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्टले जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र सञ्चालनमा ल्याएको छ। बुधबार एक कार्यक्रमबीच प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक आवासमन्त्री जितेन्द्र सोनल र सामाजिक विकासमन्त्री नवल किशोर साहले संयुक्तरूपमा जेसीबी अपरेटर तालिम केन्द्रको उद्घाटन गर्नुभयो।

जेसीबीको यो परियोजनाको उद्देश्य हेभी मेसिन सञ्चालन र मेकानिक तालिम प्रदान गरेर रोजगार बनाउनु हो। भविष्यमा यो तालिम केन्द्रमा लिफ्ट, जेनेरेटर मर्मतलगायत अन्य इन्जिनियरिङ क्षेत्रको तालिम उपलब्ध गराउने लक्ष्य एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्टले लिएको छ। तालिम केन्द्रको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले देशलाई अहिले सबैभन्दा बढी दक्ष जनशक्तिको आवश्यकता रहेको र यसको पूर्तिमा एकेडेमीले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

नेपालको लागि जेसीबी ब्रान्डका हेभी मेसिन तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिअन्तर्गतको एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्टले जेसीबी अपरेटर तालिम केन्द्रको सञ्चालन शुरू गरेको हो।

प्रतिक्रिया दिनुहोस्