कांग्रेसले भन्योः कारोना भाइरसबाट नेपालीलाई जोगाउ



न्युज अफ नेपाल, काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले कारोना भाइरस नेपालमा पनि फैलनसक्ने खतरालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।

साथै, काग्रेसले कारोना भाइरस फैलिएको देशमा रहेका नेपालीहरु उच्च जोखिममा रहेकोले उनीहरुको सुरक्षित तरीकाले उद्धार गर्न पनि सरकार संग अपिल गरेको छ ।

काग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले आइतवार विज्ञप्ती जारी गर्दै नेपालमा कारोना भाइरस फैलन नदिन आवश्यक सुरक्षा व्यवस्था तथा सक्रमित व्यक्तिको उचित उपचार व्यवस्था मिलाउन पनि सरकार संग आग्रह गर्नुभएको छ ।

चीनमा कोरना भइरसले माहामारीको रुप लिइसकेको छ । चीन वाहेक १२ मुलुकमा यो भाइरस फैलिएको छ । यो भाइरसबाट सक्रमित र उपचारमा संलग्न चिकित्सक समेत गरी ५ दर्जन भन्दा बढीको ज्यान गइसकेको छ । चीनबाट नेपाल फर्किएका एक नेपालीलाई समेत यो भाइरसको संक्रमण भएको पुष्टि भैसकेको छ ।

‘चीनको उहान शहरको विभिन्न विश्वविद्यालय, शिक्षण संस्थानमा अध्ययनरत नेपाली विद्यार्थि तथा विभिन्न व्यवसायमा रहेका नेपाली नागरिक समेत उच्च जोखिममा रहेकाले उनीहरुको व्यवस्थित तरीकाले उद्धार गर्न नेपाल सरकार तथा सम्वन्धित निकायलाई काग्रेस संसदीय दल आग्रह गर्दछ’– विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्