सांसद मनाङे ६ हजार धरौटीमा छुटे



न्युज अफ नेपाल, काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय कास्कीले बिहीबार पक्राउ परेका गण्डकी प्रदेश सांसद राजीव गुरूङ(दीपक मनाङे)लाई धरौटीमा छोडेको छ। उनलाई ६ हजार धरौटीमा रिहा गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए ।

बिहीबार पक्राउ परेका गुरूङलाई सार्वजनिक अपराध गरेको आरोप लागेको थियो।

मनाङेले माघ ७ गते पोखराको भण्डारढिकमा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोह हुनुअघि कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए।

त्यसपछि अध्यक्ष गुरुङले उनलाई सार्वजनिक अपराध ऐन अन्तर्गत कारबाही गर्न माग गर्दै जाहेरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्