समुह चरणका भलिबलमा तीन टिम विजयी



न्युज अफ नेपाल, पर्वत ।

पर्वतको कुश्मामा भैरहेको अन्तर पालिकास्तरीय भलिबल प्रतियोगितामा लिग चरणका खेलहरु भएका छन । पर्वत महोत्सबको अवसरमा आयोजित प्रतियोगितामा आईतबार तीनवटा समुह बीच प्रतिस्पर्धा भएको छ ।

अन्तर पालिकास्तरिय भलिवल प्रतियोगितामा आज कुश्मा नगरपालिका र फलेबास नगरपालिका बिच भएको पहिलो खेलमा कुश्मा नगरपालिका विजयी भएको छ । उद्योग वाणिज्य संघ र बिहादी गाउँपालिका बिचको प्रतिस्पर्धामा उद्योग वाणिज्य संघ विजयी भएको छ । त्यस्तै मोदी गाउँपालिका र कुश्मा नगरपालिका बिचको खेलमा कुश्मा नगरपालिका बिजयी भएको हो ।

भोली सोमबार पहिलो खेल पैयु गाउँपालिका र महाशिला गाउँपालिका बिच हुनेछ भने दाेस्रो खेल मोदी गाउँपालिका र फलेबास नगरपालिका बिच हुनेछ । त्यसैगरी तेस्रो खेल महाशिला गाउँपालिका र उद्योग वाणिज्य संघ बिच प्रतिस्पर्धा रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्