नेक्सस कपको उपाधी आयोजकलाई



न्युज अफ नेपाल, काठमाडौं । 

काठमाडौको मुलपानी क्रिकेट मैदानमा भएको नेक्सस कप तेस्रो संस्करणको उपाधि आयोजक नेक्सस क्रिकेट एकेडेमीले जितेको छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा काठमाडौ क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई ६४ रनले हराउँदैं नेक्ससले उपाधि हात पारेको हो । टस जितेर पहिलो ब्याटिङ रोजेको नेक्ससले निर्धारित २० ओभरमा ४ बिकेटको क्षेतीमा १ सय ५६ रन बनाएको थियो । टोलीका लागि म्यान अफ द म्याच घोषित सुबास ऐरले ४५ बलमा २ छक्का ११ चौकाको सहयोगमा ७९ रन जोडे । त्यस्तै बिपीन शाहीले ५ चौका प्रहार गर्दै ५० बलमा ५० रन बनाएका थिए ।

१ सय ५७ रन को लक्ष्य पाएको केसीटीसी २० ओभरमा ८ विकेट गुमाउँदै ९२ रनमा समेटिएको थियो । टोलीका लागि गोपाल जिसीले १५ रन तथा डुम्रे र हेमु यादबले समान १४/१४ रनको योगदान गरेका थिए । बलिङतर्फ नेक्ससका क्रिस कार्कीले ४ ओभरमा १३ रन खर्चिदै ३ बिकेट लिए ।

प्रतियोतामा म्यानअफ द सिरिज नेक्ससका बिशाल केसी घोषित भए भने बेष्ट बलर जिएच सीएका बिशाल पटेल र बेष्ट ब्याट्सम्यान जिएच सीएकै दिपक बोहोरा घोषित भएका थिए । उदयमान खेलाडीको उपाधी देउखुरी क्रिकेट एकेडेमीका ११ बर्षीय जिबन खनालले जितेका छन ।

कागेश्वरी मनोहराका मेयर कृष्णहरी थापाले एक समारोहका बिच बिजेता टिमलाई नगद रु १ लाख ११ हजार, ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेतालाई नगद रु ७५ हजार ट्रफी, मेडल र प्रमाण पत्र बितरण गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्