सांसद दिपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ समातिए



न्युज अफ नेपाल, पोखरा ।

सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कांस्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए ।
जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन पोखराको गैह्रापाटनबाट पक्राउ परेका हुन् । उनिमाथि कुटपिटको आरोपमा प्रहरीले मनाङ्गेलाई बिहीबार पक्राउ गरेको थियो ।

उनी ओम गौरा जोस्टेलका सञ्चालक हरिभक्त अचार्यको उजुरीमा पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्