इस्टर्नमा निरजको अग्रता



काठमाडौं, (नेस)। 

सूर्य नेपाल गल्फ टुर २०१९–२० अन्तर्गतको दोस्रो इभेन्ट इस्टर्न ओपन गल्फ प्रतियोगिताको पहिलो चरणमा निरज तामाङले अग्रता लिएका छन्।

धरानको निर्भाना कन्ट्री क्लबको गल्फ कोर्समा मंगलबार सम्पन्न १८ होलको खेलमा एमेच्योर निरजले ६ अन्डर ६४ स्कोर गरेका हुन्। उनले स्थानीय खेलाडी शुक्रबहादुर राईमाथि ३ स्ट्रोकको अग्रता बनाएका छन्।

शुक्र डिफेन्डिङ च्याम्पियन हुन्। तेस्रो स्थानमा पनि स्थानीय खेलाडी बलभद्र राई रहेका छन्। उनले १ अन्डर ६९ स्कोर बनाएका छन्।

यसै गरी दिनेश प्रजापति र रमेश अधिकारी (समान १ ओभर ७१) संयुक्त चौथो तथा शिवकुमार माझी, सञ्जय लामा र दीपक मगर (समान २ ओभर ७२) स्कोरसाथ संयुक्त सातौं स्थानमा रहेका छन्।

एमेच्योर सुन्दर राईसँगै विनोद तामाङ, विपीन तामाङ, कृष्णमान राजवाहक, सुनील केसी र धनबहादुर थापा ३ ओभर ७३ अंक जोड्दै संयुक्त दशौं स्थानमा छन्।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्