विप्लव समुहका जिल्ला सेक्रेटरी तामाङ्ग पक्राउ



पुष्कर बुढाथोकी, भक्तपुर ।
सरकारद्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द विप्लव समुह (नेपाल कम्युनिष्ट पार्टी)का सिन्धुपाल्चोक सेक्रेटरी भुवनसिंह तामाङ्ग भक्तपुरबाट पक्राउ परेका छन् । तामाङ्गलाई मध्यपुर ठिमी नगरपालिका वडा नं.४ नयाँठिमी स्थित चारदोबाटोबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अपरिचित ब्यक्तिले स्थानीय ब्यापारीहरुलाई धाक धम्की दिई जवरजस्ती चन्दा असुली गरी हिडिरहेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । महनगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी डिएसपी कुमार बिक्रम थापाका अनुसार सोधपुछका क्रममा सिन्धुपाल्चोक मेलम्ची ९ का ४४ बर्षिय तामाङ्ग सो समुहका सिन्धुपाल्चोक सेक्रेटरी भएको बुझिन आएको छ ।
तामाङ्गलाई महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा राखी अभद्र व्यवहार कसुरमा म्याद थप गरी अनुसन्धान भई रहेको बृत्तका डिएसपी शान्तिराज कोईरालाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्